Untitled Document

Welcome

Happy Baby
अरनिको दन्त अस्पताल एक चिनारी
दाँत तथा मुख सम्बन्धी स्वास्थ्यको बिषयमा जनचेतना अभिबृद्दि गर्ने, दन्त उपचार सेवालाई सर्वसुलभ बनाउने, गरीब तथा अशक्तहरूलाई न्यूनतम शूल्कमा दन्त उपचार सेवा उपलव्ध गराउने, दन्त शिविर संचालन गरी दुर्गम तथा पिछडिएका वर्गहरूमा दन्त स्वास्थ्य सेवा पुर्याउने, विद्यालय जाने बालबालिकाहरूमा दन्त स्वास्थ्य सेवा पुर्याउने, बिद्यालय जाने बालबालिकाहरूमा दन्त स्वास्थ्य शिक्षाको प्रंचार प्रसार गर्ने, दन्त स्वास्थ्य सेवा सम्बन्धी तालिम कार्यक्रम संचालन गरी निम्न तथा मध्यमस्तरका जनशक्ति तयार गरी ग्रामिण क्षेत्रमा दन्त स्वास्थ्य सेवालाई विस्तार गर्ने तथा दन्त स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरू संचालन गर्ने उदेश्यले अरनिको दन्त अस्पतालको स्थापना भएको हो ।
विश्वका ६ अरब जनसंख्या मध्ये ५ अरब मानिसमा दांत सम्बन्धी समस्या देखा परेको अहिलेको परिप्रेक्षमा हाम्रो जस्तो गरिब तथा अल्प शिक्षित ग्रामिण समुदायको बाहुल्यता रहेको मुलुकमा यसको स्थिती अड्कल गर्न सकिन्छ । यसो हुनुमा दन्त स्वास्थ्य सेवा उपलव्ध गराउने संस्थाहरू शहरमुखी हुनु पनि एउटा कारण हो । निजी रूपमा खुलेका दन्त स्वास्थ्य सेवा उपलब्ध गराउने संस्थाहरू शहरमुखी हुनु स्वाभाविक हो तर ग्रामिण क्षेत्रमा यसको सेवालाई विस्तार गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्न स्वास्थ्य क्षेत्रसंग सम्बन्धित सबैको साझा कर्तव्य पनि हो ।

Clean and Simple दाँत किराले खानु

दाँतमा अड्किएर बसेका दन्त लेउमा सुक्ष्म किटाणुहरूले अम्ल (ACID) उत्पादन गर्दछ । सो अम्लले हाम्रो दाँतको बाहिरी सतहका साथै भित्री सतहलाई विस्तारै खियाउँदै जान्छ र दाँतमा प्वाल पर्दछ जसलाई हामी दाँत किराले खाएको भन्दछौ । यो समस्या बयस्कहरूको चपाउने दाँत तथा बालबिलकाहरूको सम्पूर्ण दूधे दाँतमा बढि देखा पर्दछ । शुरूकै
थप....

jQuery Powered

गिंजा सम्बन्धी समस्या

गमलाको माटोले फूलको विरूवालाई टेवा दिए जस्तै गरी गिंजाले हाम्रो दाँतलाई देवा दिएको हुन्छ । दाँत र गिंजाको बिचमा जम्मा भएर बसेको दन्त लेउ, पत्थरमा परिणत हुन्छ । यसको समयमा नै उपचार नगराएमा गिंजा रातो हुने, सुन्निने र गिंजाबाट रगत आउने समस्या देखा पर्न
थप....

Contuct Us

बाङ्गाटिङ्गा, उछिट्टिएको दाँत

बालबालिकाहरूको दूधे दाँत उम्रने बेलामा र दुधे दाँत झरेर नयाँ स्थायी दाँत उम्रने बेलामा यसको उचित व्यवस्थापन नभएको कारणले गर्दा पनि दाँत सम्बन्धी यो समस्या देखा पर्दछ ।
थप....